नवलपरासीबाट सशस्त्र प्रहरीले अबैध सामान बरामद

नवलपुर टुडे
२०८० चैत्र ६ | मध्यान्ह ०४:१२ बजे

परासी, चैत ६ । नवलपरासीबाट सशस्त्र प्रहरी बल हेड्क्वाटर- २६ नम्बर गणबाट खटिगएको टोलीले अबैध बिभिन्न सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले भारतबाट अबैध रुआ भन्सार छलेर नेपाल ल्याएको सामान बरामद गरिएको हो । बरामद सामान किरानाका सामानहरु, कपडा, केराउ, धान र होलीका टिसर्टहरु बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिएको छ ।
उक्त सामानहरु सरावल गाउँपालिका- ३ स्थित भुजहरा र चमनटोलाबाट नियन्त्रणमा लिईएको हो । सो सामान रु. १८०,३१०/- अक्षरुपी (एक लाख असी हजार तीन सय दस) बराबरको रहेको छ ।
बरामद सामान महेशपुर भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि दाखिला गरिएको प्रहरी उपरीक्षक वाग्लेले बताए ।























