दुर्घटना

दाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते 

नवलपुर टुडे
२०८० चैत्र ५ | मध्यान्ह ०३:१२ बजे

दाङ, चैत ५ । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बबई गाउँपालिका–१ का ४५ वर्षीय जितबहादुर बुढा रहेका छन् । उनको उपचारका क्रममा पौने १२ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाका घाइतेमध्ये चालक बबई–१ का ४७ वर्षीय लोकबहादुर राना र स्थानीय ५० वर्षीय जोकबहादुर बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

उनीहरुसहित घाइते स्थानीय ३२ वर्षीया संगीता बुढा, सल्यानको शारदा नगरपालिका–९ की ५० वर्षीया नन्दकली थापालाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित नर्सिङ कलेजमा रिफर गरिएको छ । 

दुर्घटनाका घाइतेमध्ये बबई–१ की ४० वर्षीया बन्दना बुढाको तुलसीपुरमै उपचार भइरहेको छ भने स्थानीय १७ वर्षीया तारा सारु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बबई–१ भागोदुलास्थित गंगटेबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक भई दुर्घटनामा परेको थियो । जिप अन्दाजी सडकबाट ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु