मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मार्तडी कोल्टी बस सेवा र ईलाका प्रशासन स्थापना: कुण्डाली सेवा समाज


बाजुरा । कुण्डाली सेवा समाज बाजुराले मार्तडी–कोल्टी नियमित बस सेवा र इलाका प्रशासन कहिले स्थापना हुन्छ। भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाएको छ ।
बाजुराको उत्तरपुर्वी क्षेत्रमा पर्ने मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन गरिएको भएपनि नियमित नभएको र सो क्षेत्रका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका गरी ४ पालिकाका लागि पायक पर्ने कोल्टीमा ईलाका प्रशासन स्थापनाका लागि विगत लामो समयदेखि प्रयास भएपनि कार्यान्वयन नभएको भन्दै कुण्डाली सेवा समाज बाजुराले दबाबमुलक र्याली सहित जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत गृह मन्त्रालय सिंहदरबार काठमाण्डौँ, पुर्वाधार कार्यालय अछाम लगायत सम्वद्ध निकायको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको हो ।
साथै सेवा समाजले मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन, कोल्टीमा ईलाका प्रशासन स्थापना लगायत सो क्षेत्रका नागरिकले समयमै आधारभुत आवश्यकता पाउनुपर्ने भन्दै बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने पुर्व तथा वर्तमान प्रतिनिधि,प्रदेश सभा सदस्य, राजनितिक दलका पदाधिकारी, स्थानिय तहका पुर्व तथा वर्तमान जनप्रतिनिधि तथा राजनितिक दलका पदाधिकारी पदाधिकारीलाई एकै समयमा म्यासेज गरी सो कुराको जानकारी गराएर कार्यान्वयनका लागि दबाब दिने भएको छ ।























