गण्डकी प्रदेश, दुर्घटना

दुम्बिकासमा टिप्पर पल्टिएर च्यापिदा चालकको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र ४ | मध्यान्ह ०४:१२ बजे

नवलपुर, चैत ४ । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका- सालघारीमा टिप्पर दुर्घटना हुदा टिप्परले च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट नगरपालिका- १३ बेल्डिहा बस्ने २७ बर्षीय बलिराम महतो रहेको छ । उनको टिप्पर पल्टिएर च्यापिदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका- ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङगा लोड गरी आउदै गरेको लु १ क ५२८१ नम्बरको टिप्पर चालकले नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खस्न गएको हो ।

दुर्घटना ग्रस्त टिप्परले च्यापिएको चालकलाई उद्धार कार्यको लागि जिसिबीसहित प्र.स.नि.धर्मराज शर्माको कमाण्डमा २ जना, ई.प्र.का.दुम्किवासबाट प्र.ना.नि.कमल बगालेको कमाण्डमा ७ जना र जि.ट्रा.प्र.का.न.प.(पूर्व) बाट प्र.नि.अच्युतराज आचार्यको कमाण्डमा ४ जनाको टोलीले उद्दार गरिएका हुन ।

घटना स्थल दुम्किबास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ । हाल दुर्घटनास्थलमा मुचुल्का उठाउने कार्य भैइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु