तस्कर

रुपन्देहीमा अवैध रूपमा ल्याइएको सामान बरामद

नवलपुर टुडे
२०८० चैत्र ४ | बिहान ०७:१२ बजे

भैरहवा । भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले शनिबार २ लाख ५३ हजार बराबरको सामान बरामद गरेको हो। भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको दैनिक उपभोग्यदेखि लत्ताकपडाका सामग्री बरामद गरिएको छ। 

जिल्लाको मर्चवारी गाउँपालिका–६ बाट पाँच वटा खसीबोका, सिद्धार्थनगर नगरपालिका–१ वाईपास चेकबाट कोका कोला, कापी, पापड, बिस्कुट, चिनी बरामद भएको छ। त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट २८ बोरा प्याज, ५५ किलो माछा, मायादेवी गाउँपालिका–५ बाट ८ बोरा प्याज, कुखुरा, सम्मरीमाई गाउँपालिका–३ बाट महिलाले प्रयोग गर्ने कपडा बरामद भएको प्रहरीले जनाएको छ। 

बरामद गरिएको सामग्रीहरु भैरहवा, बेलहिया भन्सार कार्यालय र पशु क्वारेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार रुपन्देही प्रहरीले दिनहुँ लाखौँ मूल्य बरावरका भन्सार छलीका अवैध सामानहरु बरामद गरेको छ। 

कमेन्टहरु