धर्म–संस्कृति/रीतिथिति

भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

नवलपुर टुडे
२०८० चैत्र ३ | मध्यान्ह ०२:१२ बजे

कृष्णनगर, चैत्र ३ । राणी सती मन्दिर बढ्नीदेखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तुको कृष्णनगरसम्म यही २० मार्च बुधवारका दिन ९ बजेदेखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।

भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजनलाई उक्त शोभायात्रामा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेका छन् ।

लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमन्त्रित भजन गायक अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाताद्वारा अमृतमय भजन हुनेछ । २१ मार्च २०२४ सात बजेदेखि भव्य भंडारा हुनेछ ।

आयोजक कर्ता, श्री श्याम भक्त मण्डल, राम अवतार टिबरेवाल, कन्हैया टिबरेवाल, केशव टिबरेवाल, मनीष सिंघल, विक्रम सिंघल, हिमांशु कंछल, अरविंद कंछल, दीपक खेतान, ज्योत अग्रवाल, मनीष बाजोरिया, पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन् ।

कमेन्टहरु