रौतहटको राजदेवी नगरपालिकामा प्रशासनिक भवनकाे शिलान्यास

अशोक यादव
२०८० चैत्र ३ | मध्यान्ह ०२:१२ बजे

रौतहट, चैत ३ । रौतहटको राजदेवी नगरपालिकाको प्रशासनिक भवनकाे शिलान्यास भएकाे छ । अाज शनिबारका दिन एक कार्यक्रमबिच नगरप्रमुख भिखारी यादवले सो भवनकाे सिलान्यास गरेका हुन् ।
नगरपालिकाको प्रशासनिक भवन नरहेकाले बिगतका दिनदेखि साविक गा.वि.स कटरवनको वडा कार्यालयको भवनमा प्रशासनिक कार्यालयकाे सबै कामकाज हुँदै अाएकाे थियाे । नगरपालिकाकाे अार्थिक सहयाेगले ९ कठा १० धुर जग्गा खरिद गरी करिब ११ करोड ९४ लाखको लागतमा ४ तल्ले भवन ठेक्का मार्फत निर्माणका लागि आज विधिपूर्वक नगर प्रमुख यादवले शिलान्यास गरेका हुन् ।
साे भवनलाई अाफ्नै कार्यकालमा पूरा गराउने र पालिकाकाे सबै कामकाज संचालन गराउने यादव बताएका छन् । साे कार्यक्रममा पालिका विभिन्न तहका कर्मचारी सहयाेगी, स्थानीयहरूकाे उपस्थित रहेकाे थियाे ।























