दुर्घटना

दाङमा टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र ३ | बिहान ०८:१२ बजे

बुटवल, चैत ३ । दाङमा टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका -१७ सिस्ने खोला नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको नम्बर नखुलेको टिप्परले ठक्कर दिँदा घोराही उपमहानगरपालिका -१७ भैसाही निवासी ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो ।

साइकलमा हिडिरहेका चौधरीलाई गएराती सवा ८ बजेतिर नम्बर नखुलेको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

डीएसपी मल्लका अनुसार ठक्कर दिने टिप्परको खोजीकार्य भइरहेको छ ।

कमेन्टहरु