घटना, मधेश प्रदेश

आगलागीबाट रौतहटमा तीन घर जलेर नष्ट

अशोक यादव
२०८० चैत्र १ | मध्यान्ह ०७:१२ बजे

रौतहट । रौतहटको राजदेवी नगरपालिका- ७ मुडवलवामा अचानक आगलागी हुदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट कौलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर जलेर नष्ट भएको हो ।

सो आगलागीमा खाने समान, लताकपडा लगायतका लाखाै बराबरको सरसमान जलेर नष्ट भएको छ । यसमा कुनै किसिमको मानवीय क्षति नभएकाे । आगोलाई स्थानीयबासी, सशस्त्र प्रहरी र गौर नगरपालिकाको वरुणा यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारीको छ ।

कमेन्टहरु