नवलपुरको बुलिङटारमा हाइस दुर्घटना हुँदा ४ जना घाइते


कावासोती, फागुन ३० । नवलपुरको बुलिङटार गाउँपालिका – ६ धाँसीमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
कालीगण्डकी करिडोर सडकखण्डमा काठमाण्डौबाट स्याङजातर्फ जादैँ गरेको बा ३ ख ९७९३ नम्बरको हाइस ब्रेकफेल भई सडकको बायाँ साइडको नालामा खस्न गइ दुर्घटना भएको हो । हाइसमा सवार चालकसहित १७ जना मध्ये ४ जना घाइते भएको नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए ।
घाइते हुनेमा काठमाण्डौको नागार्जुन न.पा.९ बस्ने वर्ष ६१ का चुडामणी श्रेष्ठ (मुखमा चोट), पाल्पाको रामपुर न.पा.७ बस्ने वर्ष ९० का जंग बहादुर श्रेष्ठ (हातमा चोट), रामपुर न.पा.४ बस्ने वर्ष ७३ की पवित्रा लम्साल (चिउडोमा चोट) र स्याङजाको गल्याङ न.पा. ११ बस्ने वर्ष ३१ की दिपा बस्याल भट्टराई (ढाडमा चोट) छन् । उनीहरू सबैको अवस्था मध्यम रहेको छ ।
घाइते भएका उनीहरुलाई उपचारको लागि पाल्पातर्फ पठाएर अन्य यात्रुहरुलाई अर्को सवारी साधनमा चढाएर गन्तव्य तर्फ पठाइएको प्रहरी निरीक्षक शर्माले नवलपुर टुडेलाई बताए ।























