दुर्घटना

दाङको तुलसीपुरबाट काठमाडौ जाँदै गरेको रात्रीबस दुर्घटना, ३ जना घाइते

जगत ठाडा मगर
२०८० फाल्गुन ३० | बिहान ०७:११ बजे

दाङ, फागुन ३० । दाङको तुलसीपुरबाट काठमाडौ जाँदै गरेको रात्रीबस दुर्घटना भएको छ । तुलसीपुरबाट काठमाडौका लागि छुटेको प्रदेश ०३-०१-००६ख-०९७४ नम्बरको बस गएराती दाङको गढवा गाउँपालिका कालाकाटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना यात्रु सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । उनीहरूको भालुवाङमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन् ।

घाइते हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका -१९ का २१ वर्षीया आस्था पौडेल, तुलसीपुरकै २२ वर्षीय बाबुराम लामिछाने र लमही नगरपालिका -५ का ४८ वर्षीया बबिता शाही छन् ।

बस तीब्र गतिका कारण बसको टाइरेटगोली फुत्किएर बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ साइडमा सालको रुखमा ठोक्किन गई दुर्घटना भएको प्रहरी जनाएको छ ।

कमेन्टहरु