देश

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

जगत ठाडा मगर
२०७८ जेष्ठ ३० | मध्यान्ह ०४:०२ बजे

काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्।

निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

कमेन्टहरु