समाचार

रौतहटका विजयपुर नगरका सामुदायिक विद्यालयका शिक्षक धर्नामा

अशोक यादव
२०८० फाल्गुन २९ | मध्यान्ह ०८:११ बजे

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाकाे सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू धर्नामा बसेका छन । उनिहरुले बिगत ९ महिना देखी तलब भत्ता नपाएपछि धर्ना बस्न बाध्य भएको बताए ।

नगरका केही जनप्रतिनिधिहरूले आफ्नो ब्यक्तिगत खिचातानीले याे दिन आएको नगर शिक्षक संघका अध्यक्ष राधेश्याम प्रसाद यादवले बताए । हिन्दुहरूकाे महान पर्व मध्ये एउटा हाेली पर्व रहेछ तापनि यस्ता दिनमा तलब नपाउनु दुखद कुरा रहेको पुर्व शिक्षा सन्याेजक बुनिलाल यादवले बताए ।

शिक्षकहरुको समस्या समयमा समाधान भएन भने विद्यालय बन्द गर्नेसमेत बताए । शिक्षा पेसा एउटा स्वकक्ष पेशा भए पनि राजनीतिक चलखेलकाे कारण यस नगरपालिका मात्र नभई राैतहट जिल्ला भरिका पालिकामा शिक्षककाे तलबकाे लागि नगरपालिका बन्द गर्ने अबस्थामा पुगेको शिक्षकहरुले बताए ।

कमेन्टहरु