मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
नेपाल शिक्षक संघ बाजुराले गर्यो १० जनालाई सम्मान


बाजुरा । नेपाल शिक्षक संघ बाजुराले १० जना विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । दोसल्ला सहित कदरपत्र प्रदान गर्दै स–सम्मान गरेको हो । नेपाल शिक्षक संघ बाजुराले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरेको सचीव बिपिन बिष्टले बताउनु भयो ।
उहाँका अनुशार जिल्लाको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान र नेपाल शिक्षक सघको सगठन सुदृढीकरणमा अहोम भुमिका निर्बाह गर्दै आएका १० जनालाई सम्मान गरिएको हो ।
जसमध्य प्रतिनिधि सभा सदस्य तथा नेपालि काग्रेस सहमहामन्त्री बर्दिप्रशाद पाण्डे,नेपाली काग्रेस बाजुरा पार्टी सभापति रामसिह रावल, निवर्तमान पार्टी सभापति कबिराज पण्डित , नेपाल शिक्षक सघ केन्द्रिय उपाध्यक्ष खडक बहादुर खड्का ,नेपाल रेडक्रस शुदुरप्रश्चिम प्रदेश महासचिव देब बहादुर बोहरालाई दोसल्ला ओढाएर सम्मान गरेको नेपाल शिक्षक संघ बाजुराले जनाएको छ ।
त्यसैगरी नेपाल शिक्षक सघ अछाम जिल्ला अध्यक्ष नबिन्द्रराज जोशी,त्रिवेणि नगरपालिकाका नगरप्रमुख कर्ण थापा,उपप्रमुख कमला न्यौपाने,छेडेदह गाउँपालिका उपाध्यक्ष बिसुदेबी नाथ,त्रिवेणि ८ का निवृत शिक्षक नन्दसिह थापालाई समेत सम्मान गरिएको हो । नेपाल शिक्षक सघ त्रिवेणि नगरकार्य समितिलाई प्रशसापत्र प्रदान गरिएको सचीव बिपिन बिष्टले जानकारी दिनुभयो ।























