धर्म–संस्कृति/रीतिथिति

उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

नवलपुर टुडे
२०८० फाल्गुन २९ | मध्यान्ह १२:११ बजे

कपिलवस्तु, फाल्गुन २९ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

मौलाना मशहूद खांले यस पर्वमा एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्ने बताए । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो । रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति एवम् समृद्धिको कामनासहित शुभकामना दिँदै उनले विशेष परिस्थितिका व्यक्ति, बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए ।

साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने उपाध्यक्ष खांले बताए । रमजानमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास छ । उपवास इस्लामको पाँच प्रमुख धार्मिक स्तम्भहरू मध्ये एक हो । बाँकी चार क्रमशः एक ईश्वर, नमाज, जकात र हजमा विश्वास गरिन्छ ।

कमेन्टहरु