समाचार

गृहमन्त्री लामिछानेले प्रहरीलाई भन्यो :- गैरकानुनी काम गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्न पर्दैन

नवलपुर टुडे
२०८० फाल्गुन २९ | बिहान ०९:११ बजे

काठमाडौ, फागुन २९ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले गैरकानुनी काम गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले सामाजिक संजालमार्फत देशमा गैरकानुनी काम गर्ने, गैरकानुनी धन्दा चलाउने, कर छली गर्ने, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गर्नेलाई कारवाही गर्न आफ्नो वा कसैको आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् ।

उनले लेखेका छन्
“देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल:
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो । तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टी वाला होइन, देश वाला)!!”

कमेन्टहरु