एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन

अशोक यादव
२०८० फाल्गुन २८ | मध्यान्ह ०४:११ बजे

रौतहट, फागुन २८ । नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन भएकी छन् । आइतबार बसेको प्रदेश कमिटीको बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । भण्डारी प्रदेश कमिटीको उपसचिव हुन् ।
यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुखमा महम्द कैस, पार्टी स्कुल विभागमा शन्कर महत्तो र सहकारी तथा गरिबी निवारण विभागमा अम्विका चौलागाइलाई जिम्मेवारी दिइएको छ ।
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।























