अधिकारकर्मी तथा एमाले चितवन जिल्ला कमिटी सदस्य श्रेष्ठको निधन

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | मध्यान्ह ०९:११ बजे

चितवन, फागुन २७ । अधिकारकर्मी तथा एमाले चितवनका जिल्ला कमिटी सदस्य अम्बिकालाल श्रेष्ठको निधन भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएका ६० वर्षीय श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।
गत शुक्रबार ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । उनको आज दिउँसो नै देवघाटमा अन्त्यष्टि गरिएको छ ।























