बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु

जगत ठाडा मगर
२०८० फाल्गुन २७ | मध्यान्ह ०३:११ बजे

चितवन,फागुन २७ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक बिरामीको मृत्यु भएको छ ।
आइतबार बिहान मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर मृत्यु भएको हो । लाइनमा बसेका बेला थापामगर अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेले जानकारी दिए ।
सूचना अधिकारी घिमिरेका अनुसार थापामगर सुगरको बिरामी थिए । उनको लामो लाइन र अस्पतालमा उपचार नपाएर नभइ आकस्मिक रुपमा देखिएको समस्याका कारण मृत्यु भएको घिमिरेले बताए ।























