जनप्रतिनिधिको दादागिरी कायमै

जगत ठाडा मगर
२०७८ जेष्ठ ३० | बिहान ०७:०२ बजे

बिनोद मण्डल
धनुषा । धनुषाको दक्षिणी भागमा अवस्थित तथा भारतीय सीमा बासोपटी समीप रहेको नगराईन नगरपालिकाको अधिकांश बस्तिहरु वर्षा याममा दुवानमा पर्ने गरेको पाइन्छ ।

धनुषा जिल्लाको तल्लो क्षेत्रमा पर्ने भएकोले उत्तरी भागबाट आएको पानीले जलमग्न भइरहने यस ठाउँमा स्थानिय सरकार आएपछि बाटोमा सुधार थोरै भएपनि हुन् थालेको देखिन्छ ।

स्थानिय आवश्यकता बाटो रहेको र बाटोमा ग्रावेल र माटो नटिक्ने भएकोले ढलान तथा खरणजा बनाई इटा लगाउने भारतीय सडक अवधारणा अनुरूप नगराई नगरपालीका वडा न १ को खड्का भन्ने गाउँमा आधा बाटो ढलान सडक निर्माण गरिएको अवस्थामा स्थानिय केही राजनीतिक व्यक्तिको व्यक्तिगत स्वार्थका कारण उत्पन्न विवादले बाटो अपुरो अजकल्टो छोडेर पुन बाटो अन्यतिर सारेर बनाउन थालिएको आदर्श मण्डलले बताएका छन् ।























