पूर्वप्रधानमन्त्रीहरुको वक्तव्य, दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी, गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षाअंगलाई आग्रह (पूर्णपाठ)

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह ०७:०२ बजे

काठमाडौ । पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई आग्रह गरेका छन् ।
























