दुर्घटना

त्रिशूली बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३७ जनाको जीवितै उद्धार

जगत ठाडा मगर
२०८० फाल्गुन २३ | बिहान ०८:११ बजे

बुटवल, फागुन २३ । त्रिशूली नदीमा खसेर भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । 

आज बिहान ५ बजे कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट त्रिशूली नदीमा खसेको ठियो ।

नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । 

कमेन्टहरु