बिश्व हिन्दु परिषद सिरहाद्धारा एक दर्जन भन्दा बढी जडिबुटीबाट त्यार गरीएको पाउडर नि:शुल्क वितरण


महेश सिंह महतो
सिरहा । लहान २९ जेष्ठ – बिश्व हिन्दु परिषद सिरहाले एक दर्जन भन्दा बढी जडिबुटीबाट तयार पारीएको पाउडर नि:शुल्क रूपमा वितरण गर्ने गरेको छ।क्रोना भाईरसबाट जोगिन पाउडर वितरण गर्न लगेको हो।

बिश्व माहामारीको रूपमा फैलिएको क्रोना भाईरसले मानिसहरु बिश्वभरी आतंक भएका छन् । नेपाल सरकारले दोस्रो चरणको कोरोना भाईरस विरुद्धको खोप लगाउन सम्पूर्ण नेपाली जानतालाई आग्रह गरेका छन् ।
भ्याक्सिन नेपालमा नभित्रीएको बेला मान्छेले घरायसी जडिबुटी प्रयोजनमा ल्याउने गरेको थिए।अहिले पनि कोरोनाको अचुक औषधीमा बेसार, अदुवा, कालो, मरिचको पानीमा घोलेर पकाएर खाने गरेको छ । उक्त जडिबुटीको कुनै साईड ईफेक्ट नभएकोले मानव शरीरको लागी लाभ र हितकारी भएकोले अत्याधिक मात्रामा प्रयोग गर्ने गरेको हो।

बिश्व हिन्दु परिषद नेपाल नामको एक धार्मिक संस्थाले करिब प्रन्द्र प्रकारको जडिबुटीबाट तयार पारिएको मिश्रण पाउडर सिरहा जिल्लाको विभिन्न ठाँउमा नि:शुल्क रूपमा वितरण गर्दै आएको संस्थाको जिल्ला सचिब शिबदेब साहले जानकारी दिनु भयो ।
मम दिक्षा हिन्दु रक्षा र मम मन्त्र समनताको मान्यता राखी अगाडि बढन जिल्ला अध्यक्ष अशोक भनिने राजेन्द्र यादवले जानकारी दिनु भयो। चौद प्रकारको जडिबुटीबाट तयार पारिएको मिश्रण सेबन गर्दा रोग संग लडने प्रतिरोधातमका क्षमता बलियो बनाउने एक प्रकारको अमुल्य जडिबुटी हुन् । उक्त जडिबुटी लिन जनसमुदायमा मान्छेको भिड लाग्ने गरेको सचिव साहले बताए ।
दोस्रो चरणको खोप लगाउन सिरहामा मान्छेहरुको भिड लाग्ने गरेको छ । खोप लगाउन हिचकिचाहट भए पनी ज्यान बचाउन मान्छेले आफुले पाईक पर्ने खोप केन्द्रमा खोप लगाउन भिड लाग्ने गरेको छ।
नेपाल लगायत विश्व भरीका हिन्दुहरुको आस्थाको केन्द्र रहेको आराध्य देव पशुपतिनाथ स्थित रहेको प्रारापुर्व काल देखि आर्यघाट अनेकौं कुतर्क देखाउँदै उक्तठाउँबाट सार्ने नाममा हटाउने प्रपन्च शुरु भएको छ।
हिन्दु धर्मावलम्बीहरुले मानिमे धर्म संस्कृति,परम्परा जस्ता धार्मिक ग्रह्नथ गीता पुरानलाई मान्ने नेपालीहरुलाइ यो सह्य हुने छैन। उक्त घाट हटाएर पशुपती बिकास कोषको सदस्य सचिब ढकालको घरमा सार्न लागेको प्रति बिश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ ।
सहिष्णुता,सत्कारले भरिएका शान्त हिन्दुहरुलाइ पक्षपात नगर्न नजिस्काउन हिन्दु धर्मावलम्बीहरुको स्वभाव नै भगवान बुद्द जस्तो शाँन्त स्वभावको हुने गरेको देखिन्छ।
हिन्दु ग्रहन्थ र परिआएमा नरसिंह भगवान,माता काली,भैरव जस्ता भगवान जतिकै रौद्र पनि एक हुन्।जस्ता अनैतिक र अस्वभनिय काम नगर्न बिश्व हिन्दु परिषद नेपालको चेतावनी रहेको छ।
उक्त क्रियाकलाप नरोकिएमा लाखौं संख्याको रूपमा कडा रूपमा सडक आन्दोलनमा उत्रिने सिरहा सखाको जिल्ला सचिब शिब देब साहले जानकारी दिनु भयो ।























