समाचार

रौतहटबाट स्रोत नखुलेको १० लाख नगद र गाडीसहित दुई जना पक्राउ

अशोक यादव
२०८० फाल्गुन २२ | मध्यान्ह ०५:११ बजे

रौतहट, फागुन २२ । रौतहटबाट ब्रेजा कार र स्रोत नखुलेको १० लाख नगद रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १४ बस्ने २९ वर्षीया रामरती मोक्तान र मनहरी गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीय देवराज थिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बेलुका ईशनाथ नगरपालिका वडा नं १ स्थित सडकखण्डमा शंका लागेर उनीहरू सवार प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित चालक मोक्तान र पछाडी सवार थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताए ।

प्रहरीले थिङले बोकेको कालो रङको झोलाभित्र लुकाई छिपाई राखेको नेपाली १ हजार दरको नोट ८५० थान र ५०० दरको ३०० थान जम्मा १० लाख रुपैयाँ रकम स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको डिएसपी गिरीले बताए ।

कमेन्टहरु