समाचार

रौतहटमा बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक प्रशिक्षण कार्यक्रम

अशोक यादव
२०८० फाल्गुन २२ | मध्यान्ह ०५:११ बजे

रौतहट, फागुन २२ । रौतहटको परोहा नगरपालिका वडा नं.४ लौकाहास्थित श्री ब्रह्मज्योती माध्यमिक विद्यालयको कक्षा कोठामा UNICEF को सहयोगमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा “Strengthning Nepal Police-Women,Children and Senior Citizens Service Directorate On justice For Children” परियोजना Activity 2.1 outreach Program in school and Community Focusing on justice For children and GBV अन्तर्गत कक्षा-६ देखि १० सम्मका अध्ययनरत बालबालिकाहरुलाई प्रहरी नायव उपरीक्षक एलिजा गिरीले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत बालबालिकाहरु तथा शिक्षक/शिक्षिका समेत गरी ८५ जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु