भुटन देवि मन्दिर हुँदै व्यापक स्याउको तस्करी, नगवा प्रहरी चौकी मुखदर्शक


रंजित चौरसिय
बीरगंज, २९ जेष्ठ / स्याउ तस्करी वापत अहिले जघन्य आमदानी हुने गरेको कारण हाल बिरगंजबाट व्यापक रूपमा स्याउ तस्करीको कार्य सुरू भएको छ ।
प्रहरीले लाइन दिनसाथ हालको समयमा इनर्वा र नगवा बिचमा पर्ने भुटनदेवी मन्दिरबाट्टै स्याउ तस्कर सलबाएका हुन । स्याउ तस्कर सन्तोष साहले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना बुझाए पश्चात् प्रती दिन ५० वटा साइकलमा स्याउ लोड गरि भारत पुरयाउने गरेको स्थानीयले जानकारी दिएका छन ।
स्थानीयले दिएको जानकारी अनुसार नगवामा रहेको स्टोर र छपकैयामा रहेको कोल्ड स्टोरबाट प्रती दिन ५ सय कार्टुन भारत पुग्ने बताइन्छ । सीमा नाका बन्द रहेको बेला प्रहरीकै सहयोगमा स्याउ भारत पुग्ने गरेको दुइमत नरहेपनी माथिल्लो निकायको साथ साथै समबन्धित निकाय समेत आर्थिक चलखेलका कारण मौन धारण गरेको श्रोतको दाबी रहेको छ ।
स्याउ तस्करीमा कमै दिनमा राम्रै नाम कमाएका बाराको बलिरामपुर निवासी सन्तोष साहले प्रहरी चौकी नगवा र प्रहरी चौकी इनर्वामा मोटो रकम बुझाएको बारे तस्कर श्रोतले नै बताउछन । जसका कारण स्याउ तस्करी हुने बेला प्रहरीले नै लाइन देख्ने गरे पश्चात् स्याउ निकाल्ने गरेको बिषयमा श्रोतले आफ्नो नाम उजागर नगर्ने सर्तमा बताएका छन ।
मन्दिर पाेष्ट वाइपासका असई अरूण कुमार बैठा र नगवाका सई गाैरीशंकर साहकाे मिलिमताे र सेटिङमा यसरी स्याउकाे ठूलो तस्करी भारत तर्फ हुदै आएको छ। तस्करीको लाइन पाउनेहरूमा बाराकाे बलिरामपुरका सन्तोष साह, उमेश र चांनी भनेर चिनिने रहेका छन् । सन्तोषकाे एउटा समूह छ भने उमेश र चांनीकाे संयुक्त अर्को समूह रहेको छ। यी व्यापारीहरूकाे गाेदाम नगवामा रहेको छ। यिनीहरूले १५ देखि २० वटा साइकलवालाहरू प्रयोग गरेर दैनिक एक साइकलले पाँच पटक सम्म स्याउ नेपालबाट भारतको सहदेवा पुर्याउदै अाएका छन् ।
स्याउ तस्करी गरेवापत १० केजी काटुनकाे २५० देखि ३०० र २० केजी काटुनकाे ४०० रूपैयाँ सम्म रकम लिने गरेको खुलेको छ। सशस्त्र प्रहरीको हकमा भने डियुटीमा खटिनेलाई मिलाएर लैजाने गरेका छन् । प्रहरीको डिलिङ व्यापारीले गर्ने र क्यारिङ मात्रै साइकल मार्फत हुदै अाएकाे छ।























