त्रिवि शिक्षण अस्पताल परिसरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन २० | मध्यान्ह ०६:११ बजे

काठमाडौं, फागुन २० । त्रिवि शिक्षण अस्पताल परिसरबाट आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।
शालिन पोखरेल मृत्य प्रकरणलाई लिएर अस्पतालमै प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ गरेका गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।
सालिनको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए ।























