समाचार

बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरी घाइते

जगत ठाडा मगर
२०८० फाल्गुन २० | मध्यान्ह ०४:११ बजे
प्रतिकात्मक तस्बिर

काटमाडौं, फागुन २० । काठमाडौंको कोटेश्वर चोकमा बसको ठक्करबाट ड्युटीमा खटिएका ट्राफिक प्रहरी घाइते भएका छन् । जुनेली यातायातको बसको ठक्करबाट प्रहरी नायव निरीक्षक (सई) टोपबहादु खत्री घाइते भएका हुन् ।

गौशाला हुँदै ललितपुर बालकुमारी जान लागेको जुनेली यातायातको प्रदेश ३ ०१–००५ ख ९७५५ नम्बरको बसले खत्रीलाई ठक्कर दिएको ट्राफिक प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । सई खत्रीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको एसएसपी श्रेष्ठले बताए ।

कमेन्टहरु