देश

राजनीतिक दल असफल,मुलुक बचाऊँन सैनिक शासन लागू गर : केन्द्रिय अध्यक्ष पटेल

जगत ठाडा मगर
२०७८ जेष्ठ २९ | मध्यान्ह ०६:०२ बजे

रंजित चौरसिय

बीरगंज २९ जेष्ठ । हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले मुलुक बचाऊँन अब सैनिक शासन लागू गर्न माग गरेका छन।

प्रमुख राजनीतिक दलहरुको आपसी स्वार्थ र भाग भण्डा,तोडफ़ोड़,भस्टाचार,अपराधीकरण र बिदेशी प्रभु लाई खुस गर्न मैं ब्यस्त रहेका छन।कोरोना महामारी नेपाली जनताको पीड़ादायी अवस्था हुदा समेत तीन तहको सरकार आफैमा मस्त र मगन रहदा अब नेपाली जनताले सु-शासन र समृद्धिको आशा को संग गर्ने भन्ने प्रश्न उब्जिए को छ।

पटेलले आज समाजीक संजाल र संचारकर्मीहरु संग कुराकानीको दैरान सो कुरामा जोड़ दिएका छन।देशको राजनीतिक दल असफल भई सकेको र प्रायः बिभिन निकाय राजनीतिक दलको चेपुवा रहेको हुदा नेपाली जनताको आशा र भरोशा भनेको नै नेपाली सेना हो।

अब सेनाले मात्र मुलुक बचाऊँ सक्छ।पटेल भने नेपाली लाई मात्र आफ्नो मातृभुमिको माया हुन्छ बिदेशी लाई होइन तर दुर्भाग्य भन्नु पर्छ की राजनीति गर्ने नेपालमा र खुशी गर्ने बिदेशी प्रभु लाई।अब अखण्ड नेपाल र नेपाली जनताको अस्तित्व बचाऊँनको लागी सैनिक शासनको अपरिहार्य आवश्यकता रहेको पटेलले जोड़ दिएका छन।

कमेन्टहरु