दुर्घटना

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

जगत ठाडा मगर
२०८० फाल्गुन २० | मध्यान्ह ०१:११ बजे

जनकपुर, फागुन २० । धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका – २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा जनकपुरधाम उपमहानगरपालिका – २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

सडक छेउमा हिँडिरहेका महिलाहरुलाई तिव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

कमेन्टहरु