दुर्घटना

पोखरा घुम्न गएका कैलालीका दुई युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

जगत ठाडा मगर
२०८० फाल्गुन २० | बिहान ०८:११ बजे

पोखरा,फागुन २० । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका वडा नं ३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका वडा नं ३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वडा नं ७ बुलौंदीमा शनिबार बिहान ३ः४५ बजे दुर्घटना भएको थियो । लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र०२–०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए ।

मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेका छन् । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा आएका थिए ।

कमेन्टहरु