चितवनमा बसको ठक्करबाट ट्याक्सीमा सवार पाँच जना घाइते


चितवन, फागुन २० । चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा गएराति रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् ।
राति ९ः४० बजेको समयमा काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा झापाको हल्दीबारी गाउँपालिका–१ बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद पराजुली, सोहि ठाउँ बस्ने बर्ष ४२ की चन्द्रकला पराजुली, स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने बर्ष ३६ को मोती प्रसाद पराजुली, सोहि ठाउँ बस्ने बर्ष ५५ को बिष्णु प्रसाद शर्मा घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार बस, ट्याक्सी र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको छ । बस चालक फरार भएकोले सवारी साधनको मालिक मार्फत सम्पर्क गर्ने प्रयास भईरहेको उनले बताए ।























