लुम्बिनी प्रदेश

प्रधानमन्त्री ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशलाई दिएको सन्देश

नवलपुर टुडे
२०८० फाल्गुन १९ | मध्यान्ह ०७:११ बजे

दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको शनिबार दुई दिन भयो। दोस्रो बैठकलाई सम्वोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय थियो। त्यही भएर पहिलो बैठक पाँच मिनेट वरिपरी बसेर टुंगियो। पर्खाइ दोस्रो बैठकको थियो। प्रधानमन्त्रीले व्यवस्तताको विचमा समय निकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी आइपुगेका हुन्।

प्रदेश राजधानी क्षेत्रमा प्रदेशको प्रशासकिन अड्डा सारिएपछि पहिलो पटक दाहाल यहाँ आइपुगे। उनले सदनमा सम्वोधन गर्ने समय दिउँसो दुई बजे तोकिएको थियो। प्रधानमन्त्री आउने भएपछी अघिल्लो दिनदेखीनै सुरक्षा निगरानीमा थियो प्रदेश राजधानी परिसर क्षेत्र। प्रधानमन्त्री आउने भनेपछि शनिबार विहानै बाट प्रहरीहरु तैनाथ भए। बाटोको छेउछाउ प्रहरीको लस्कर लाग्यो। सशस्त्र प्रहरी, नेपाल प्रहरी अनि नेपाली सेनाले सुरक्षा दियो।

423455227 646320064258913 1282586939975856633 n scaled

प्रदेश सभा भवन वरिपरि पनि प्रहरीहरु हातहतियारसहित सुरक्षामा खटिए। प्रधानमन्त्री बाग्लुंग र लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठकलाई सम्वोधन गरेर यहाँ आएका थिए। दुईवटा कार्यक्रम सकेर यहाँ आएका प्रचण्ड हतारोमा थिए। रातिको पनि बैठकहरु भएकाले उनले छिटो सम्वोधन सक्ने र बाटो तताउने मनस्थितिमा देखिए। जसरी सदनमा सम्वोधन थाले संघीयतालाई बलियो बनाउन आफूले भूमिका बढाएको स्पष्टपार्न खोजे। संघीयता विरोधीलाई कामले जवाफ दिन समेत उनले आह्वान गरे। प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने गतिलो माध्यम बन्ने विश्वास पनि व्यक्त गरे।

तर, जसरी प्रदेशले आफ्नो भूमिका बढाउन सक्नुपथ्र्यो त्यसरी हुन नसकेको सुझाए। सन्तुलीत धारणा राखेका दाहालले अव कानुनी रुपमा प्रदेश र स्थानीय तहलाई बलियो बनाउने, तीन करोड भन्दा मुनीका योजनाको बजेट संघीय सरकारले नबनाउने स्पष्ट पनि पारेका छन्। उनले योजना छनौंट, बजेट निर्माणमा नयाँ प्रयोग गर्न थालेको जानकारी दिएका छन्। संसद भवन प्रवेश गर्दै गर्दा मौसममा बदली भयो। सिमसिम पानी पर्न थाल्यो।

423455019 1449638025926010 3318407089186077034 n scaled

तर, दाहाललाई उनका कार्यकर्ताले कुरिरहे। राप्ती गाउँपालिकाको सभाहलमा पुगेका उनले छोटो तर, कार्यकर्तालाई उर्जा गर्ने भाषण गरे। युद्धको भूमिमा जसरी घेरा तोडेर लडाई लड्ने गरिएको, त्यसैगरी सरकारमा रहदा पनि प्रतिक्रियाबादीहरुको घेरा तोड्नेगरी काम गरिरहेको, कार्यकर्तालाई पनि त्यसैगरी भूमिका निर्वाह गर्न आग्रह गरे। पार्टी भित्र ठूलो विवाद नरहेको जनाउदै त्यस्ता संघर्षले पार्टी जीवनलाई जीवन्त बनाउने पनि दावी गरेका छन्। कार्यकर्ताहरुले धेरै बेर प्रचण्डलाई सुन्न चाहन्थे तर, उनलाई काठमाण्डौं जान हतारो थियो। केही मिनेटको भाषण सकेर लुम्बिनी प्रदेशका दुई वटा कार्यक्रमलाई सम्वोधन गरेर काठमाण्डौं फर्किए।

कमेन्टहरु