रौतहटबाट काठसहित ट्याक्टर नियन्त्रणमा


रौतहट, फागुन १९ । रौतहटबाट प्रहरीले अबैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरी भागमा जंगलबाट काठ तस्करी हुने गरेको छ भन्ने सूचना प्राप्त भई सो अनुसारको कार्यमा संलग्न ब्यक्ति र काठसहित पक्राउ परेको हो ।
प्रहरी कार्यालयबाट परिचालन गरिएको नियमित गस्ती पट्रोलिङ् र चेकजाँचको क्रममा मिति शनिबार बिहान ईलाका प्रहरी कार्यालय चपुर र डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका- ९ स्थित चपुर गौर सडकमा चेक प्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा सन्तपुरबाट डुमरिया तर्फ जादै गरेको ना ५ त ९०६४ नं.को अबैठ काठ लोड गरेका ट्याक्टर चालक प्रहरी टोलीलाई देखी ट्याक्टर छाडी फरार भएको छ ।
उक्त ट्याक्टर चेकजाँच गर्दा ना ५ त ९०६४ नं. लेखिएको ट्याक्टरको ईन्जिनमा जोडिएको ना ६ त ९३५ नं को टेलरमा बन जंगलबाट चोरी गरी ल्याएको मसलाको काठ दाउरा लोड रहेकोमा उक्त ट्याक्टर स्थानीय मानिसहरुको रोहवरमा चेकजाँज गर्दा अ.मुल्य रु.५०,०००।- (पचास हजार) बराबरको मसला जातको काठ फेला परेको हुँदा हो।
उक्त काठ र ट्याक्टर रितपूर्वक बरामद गरी काठ दाउरा र ट्याक्टर आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको र फरार भएका चालक लगायत संलग्न अन्य मानिसहरुको खोजतलास भईरहेकाे प्रहरीले जानकारी दिएको छ ।























