मनोरन्जन

निशु भइन् मिसेस नेपाल आइडल २०२४

नवलपुर टुडे
२०८० फाल्गुन १९ | बिहान ११:११ बजे

काठमाडौं, फागुन १९ । सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ ।  ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गर्नुभएको छ ।

Untitled 52

हिमालयन मुभिजद्वारा शुक्रबार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम नेपाली विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीताको आठौँ संस्करण हो । जसमा राजेश्वरी योगल अमात्य फस्ट रनर अप र रूपा खबास सेकेन्ड रनरअप हुन सफल हुनुभयो ।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा करिव एक दर्जन प्रतियोगीहरुले तीन सातासम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, भिडियोसुट लगायत विविध विषयमा तालिम लिएका थिए । कार्यक्रममा सुब्बा कै कोरियोग्राफीमा प्रतियोगीहरूले आकर्षक नृत्य समेत प्रस्तुत गर्दै परिचयात्मक, सांस्कृतिक पोसाक चरण, प्रश्नोत्तर चरण लगायतका विविध चरणाहरूमा आफुलाई योग्य उतार्ने प्रयास गरेका थिए ।

Untitled3 18

कार्यक्रममा विविध सबटाइटल अर्वाडहरू समेत वितरण गरिएको थियो । जसमा मोस्ट करिज्म्याटिक निशु काफ्ले, वेस्ट फोटोजेनिक राजेश्वरी योगल अमात्य, मोस्ट कन्फिडेन्ट रूपा खवास, मोस्ट डाइनामिक रेनु श्रेष्ठ, मोस्ट स्मार्ट सृजना श्रेष्ठ, मोस्ट डिलीजेन्ट सरला भट्टराइ कुँवर, वेस्ट पर्सनालिटी लक्ष्मी बोहरा चौहान, मोस्ट डिलाइटफुल उर्वशी श्रेष्ठ, बेस्ट कम्प्लेक्सन भिमादेवी बराल, मोस्ट सिन्सियर सर्मीला परियार, मोस्ट चार्मिङ सिता चन्द, मोस्ट पपुलर सृजना श्रेष्ट र पब्लिक च्याइस भिडीयो अर्वाड लक्ष्मी वोहरा चौहानले प्राप्त गर्न सफल हुनुभएको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा, अभिनेता सिर्द्धाथ सिंह, मोडल तथा अभिनेत्री सुष्मा अधिकारी, मिस्टर ह्याण्डसम नेपाल–२०१९ तथा मोडल अभिसेक खड्का, मिसेस क्यापिटल क्विन नेपाल– २०२३ लक्ष्मी भुषाल र मिसेस नोवेल नेपाल २०२४ सिरुसा सापकोटा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो । विवाहित महिलाहरूमा भएको क्षमता प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

Untitled2 21Untitled1 41

 

कमेन्टहरु