समाचार

गोठमा आगलागी भएपछि पशु चौपाया निकाल्ने क्रममा जलेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० फाल्गुन १८ | बिहान ०९:११ बजे

बर्दिया, फागुन १८ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा बिहीबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका करिब ८ बजे आगलागी हुँदा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको हो ।

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा जैसीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । 

उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात् स्थानीयबासी, नेपाल प्रहरी, नगर प्रहरी र मधुवन नगरपालिका दमकलको सहायताले राती ११ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

कमेन्टहरु