समाचार

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

जगत ठाडा मगर
२०८० फाल्गुन १७ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ, फागुन १७ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

वाइबालाई बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा कलाकार खतिवडाले कुटपिट गर्न नहुने कसुरमा जाहेरी दिएका थिए । 

वाइबालाई बिहीबार म्याद थपका लागि अदालत लगिएको र अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु