देश

राजिब गुरुङ(दीपक मनाङे) मागे गृह मन्त्रालय

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

पोखरा । दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।

कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका हुन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन् । नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ ।

उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युव खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरे ।

कमेन्टहरु