भारतीय नागरिक अवैध घरेलु हतियारसहित पक्राउ

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

राजविराज । सप्तरी प्रहरीले भारतीय नागरिकलाई अवैध घरेलु हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको छ ।
बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्र बहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अवस्थामा बोदे बरसाईन–९ स्वर्णपट्टीबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिनुभयो ।
अहिले मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























