समाचार

बालासुन्दरी खबर राष्ट्रिय साप्ताहिक पत्रीकाको विमोचन

रामएकवाल राम
२०८० फाल्गुन १६ | मध्यान्ह ०८:११ बजे

लहान, फागुन । जय माता दि मिडिया हाउस प्रा.लि. भगवानपुर गाउँपाालिका- ३ द्धारा संचालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर साप्ताहिक पत्रिकाको विमोचन गरिएको छ । विमोचन कार्यक्रम प्राथमिक स्वास्थय केन्द्र भगवानपुरको सभा हलमा भएको
हो ।

सोमबार सम्पन्न भएको विमोचन कार्यक्रममा विशिष्ट अतिथि पत्रकार माहासँघ सिरहा शाखाका सभापति मनोज बनैता यादवले बधाई तथा शुभकमना दिर्दै भने जुन ठाउँबाट यो प्रकाशित भईरहेको छ पत्रिका यस ठाउँमा पत्रकारिताको सबालमा धैरे विकृती फैलिएको छ । यहाँ पत्रकारिता भनको के होे थाहा छैन ? पत्रकारको नाम पत्रकारिताको साख डुबाउनेहरुको कारण यहाँ वास्तविक पत्रकारलाई आफनौ पहिचान भन्न लाज लाग्दै गरेको अवस्था सिर्जना भएको बताएको छ ।

उनले भने जय माता दि मिडिया हाउस प्रा.लि.अगाडी बढिरहोस र पीडितको पक्षमा निर्धक रुपमा कलम चलउन कुनै कसर नछोड्न सुझाव समेत दिए । साथै पत्रकारितालाई बचाउन अब सरोकारबाला निकायले पनि चासो देखाउन जरुरी रहेको प्रमुख अतिथि आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवलाई आग्रहसमेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले भने वास्तवमा पत्रकारिता पेशा मर्यादीत र जिमेम्वार हुनुपर्छ भने हामी चाहान्छौ । यो कुरा हामी लाई अहिले पनि आत्माबोध अनुभुती हुदै छ । पत्रकार लाई के गर्नु पर्छ के गर्नु पर्दैन ?पत्रकार साथीहरु लाई बुझनु जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा जो विकृतीहरु आएका छन जुन विकृती कारण वास्तवमा वास्तविक पत्रकारहरु पत्रकार भनौ कि नभनौ आफैमा संकोच हुन्थालेको धेरै ठूलो बिडम्बानको कुरा हो उनले बताईएका छन ।

पकारले पत्रकारिताको धर्म निर्वाह गर्नु पर्छ वास्तवमा पत्रकारिता गर्न जादाँ हामी न्यायाधीस न्यायकर्ता होइन बुझ्न जरुरी छ । कुनै बिषयमा समाचार लेख्नु भन्दा पहिला त्यो विषयमा जानकारी लिएर जानु आवश्यक हुन्छ । उनले भने आज पत्रपत्रिमाको अवस्था विस्तारै विस्तारै नाजुक बन्दै छपाई संख्या घटदै गईरहेको छ । पत्रपत्रिका प्रकाशित गर्दा समाचारको विषय वस्तु बुझेर आम जनसमुदायको सरोकारको विषय वस्तुलाई ठाउँ दिनु उपयुक्त हुन्छ बताए।

अगाडी दिनमा पत्रपत्रिकालाई हामीले विस्तारै विस्तारै व्यवस्थित गर्दै गईरहेको छौ मधेस प्रदेशको पत्रकारहरुको लागी स्वास्थय सुरक्षका लागी दुर्घटना बिमा सम्बन्धि कार्यविधि मन्त्रिपरिषद बाट पारित भएर अहिले कार्यन्यनमा छ अहिले एक सय दश जना महिला पत्रकारहको समेत बिमा भएको अध्यक्ष यादवले बताएका छन् ।

पत्रिका प्रकाशित गर्दा सर सुझाव हरेक कुराको ध्यान राख्ने भन्दै कार्यक्रममा आएको अतिथिहरुलाई मिडियाका संचालक तथा सम्पादक राम एकवाल रामले अभार प्रकट गरिएको थियो ।

बिमोचन कार्यक्रममा पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता, विभिन्न मिडियामा आवध पत्रकारहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कमेन्टहरु