पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

जगत ठाडा मगर
२०८० फाल्गुन १६ | मध्यान्ह ०५:११ बजे

काठमाडौँ, फागुन १६ । प्रहरीले कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबालाई पक्राउ गरेको छ ।
आफुलाई सामाजिक अभियन्ता बताउने वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गरेका थिए ।
केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो । शर्मिलाविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।























