मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

अतिक्रमण सार्बजनिक जमिनबारे जिल्ला प्रशासन बाजुराले माग्यो बिवरण

उमेश रोकाया
२०८० फाल्गुन १६ | मध्यान्ह ०२:११ बजे

बाजुरा । जिल्ला प्रशासन कार्यांलय बाजुराले जिल्लामा सरकारी वा सार्बजनिक जमिन अतिक्रमण गरेको सुचना माग गरेको छ । मंगलबार सार्बजनिक सुचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले बिवरण माग गरेको हो ।

जिल्लामा निजी हक लाग्ने बाहेक सार्बजनिक वा सरकारी जग्गा कानुन बिपरित कसैले भोगचलन गरेको वा हड्प गरी निजीकरण गरेको भए सोको बिवरण जिल्ला प्रशासन कार्यालय बुझाउन सार्बजनिक सुचना मार्फत आह्वन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाको हस्ताक्षेरीत सुचना अनुसार सार्बजनिक वा सरकारी जंगाको दुरुपयोग गरि निजीकरण गरेको, बिक्री बितरण गरेको, धितो वा बन्धक राखेको भए जानकारी गराउन भनिएको छ ।  सरकारी वा सार्बजनिक जमिन त्यस्तो गरेको पाईएमा ७ दिन भित्र जिल्ला प्रशासन कार्यलयमा जानकारी गराउन सुचनामा उल्लेख गरिएको छ ।

कमेन्टहरु