बागमती प्रदेश

फोनिज चितवनले पत्रकार महासंघलाई बुझायो स्मरण पत्र

नवलपुर टुडे
२०८० फाल्गुन १५ | मध्यान्ह ०६:११ बजे

चितवन, फागुन १५ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै महासंघलाई ज्ञापन पत्र बुझाएको छ । शाखा अध्यक्ष रमेश राना मगरको नेतृत्वमा पुगेको फोनिज टोलीले नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई सातदिने अल्टिमेटमसहित स्मरणपत्र बुझाएको हो ।

पत्रकार महासंघको संस्थापकको विषयमा धेरे विवाद नल्याउने भन्दै यसअघिनै ज्ञापन पत्र बुझाईसकेकोले यो पटक सोही ज्ञापनपत्रलाई स्मरण गराएको हो। नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजहरुमा संस्थापक अध्यक्ष कृष्णवहादुर भट्टराई भएको भन्दै गलत नजिर बसाउन खोजेकाले तत्काल सच्याउन माग गरिएको छ । फोनिजका संघीय सदस्य चित्रबहादुर गुरुङले गलत दस्तावेज सच्याउन आग्रह गरे । यो विषयलाई गम्भीरताका साथ नलिए सात दिनभित्र पत्रकार महासंघको संघीय कार्यालयसहित देशैभरका शाखाहरुमा तालाबन्दी गरिने समेत स्पष्टपार्नुभयो । उहाँले थप आन्दोलनका अन्य कार्यक्रमको बारेमासमेत जानकारी दिनुभयो ।

स्मरण पत्र बुझे लगतै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्राप्त स्मरण पत्रलाई आजै केन्द्रीय कार्यालयमा पठाइने बताउनुभयो । लामो समयदेखि संस्थापकको विषयमा फोनिजले गम्भीर विमती राख्दै आएपनि पत्रकार महासंघले यो विषयलाई गम्भीरताका साथ लिएको छैन । तथ्यहरूले ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार सङ्घ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई सङ्गठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम आज बुझाइएको स्मरण पत्रमा भनिएको छ।

तत्कालिन बेला पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार संघको नाममा संगठित गर्ने काम सत्यनारायण बहादुर श्रेष्ठले गर्नुभएको फोनिजजको दावी छ । विसं २००८ वैशाख ९ गते भएको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ गठन गरेको थियो । फाृेनिज चितवनका अध्यक्ष रमेश राना मगरको नेतृत्व, संघीय समिति सदस्य सन्तकुमार चौधरी, पूर्व संघीय सदस्य राजु चौधरी, सल्लाहाकार महेन्द्र श्रेष्ठ लगायत विभिन्न जातिय पत्रकार संगठनका प्रतिनिधिहरु पुगेर स्मरण पत्र बुझाएका हुन ।

कमेन्टहरु