देश

‘राजनेता केपी ओलीको रक्षार्थ लाखौँ युवा समाप्त हुन तयार छौँ’: रमेश पौडेल

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे

काठमाडौँ । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याको धम्की दिने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यलाई कारबाही किन नगर्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँले राजनेता केपी ओलीको रक्षार्थ लाखौँ युवा समाप्त हुन तयार रहेको बताउनुभएको छ ।

‘नेपाली काग्रेसका बागमती प्रदेश सभाका सदस्य नरोतम् बैध होसमै थिए भने यस्तो भन्ने थिएनन्, उहाँले भन्नुभयो, ‘देशको कार्यकारी प्रमुखमाथि बैधको अभिव्यक्ति गैरराजनीतिक र फौजदारी अभियोग लगाउन पर्ने देखिन्छ । यस्को विरोध गरौ कुसित सोचलाई समाजबाट वहिस्कार गरौ । बैधजी हेक्का होस स्यालले बाघको शिकार कहि गरेको थाहा छैन ।’

उहाँले अघि भन्नुभएको छ ‘नाथुराम गोट्से बनेर केपी ओली सिध्याउन उद्घोष गर्ने तपाईंलाई हामी युवाले किन कार्वाही नगर्ने ? राष्ट्रवादी राजनेता केपी ओलीको रक्षार्थ हामी लाखौं युवा समाप्त हुन तयार छौ । हेक्का होस । यसका बारेमा काग्रेसको धारणा के हो प्रस्ट गरोस ।’

कमेन्टहरु