पश्चिम नवलपरासीको सुस्ताबाट मदिरा तस्करी, प्रहरीद्वारा ४८ पेटी अबैध मदिरा बरामद

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे

सुस्ता । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउँपालिका वडा न ५ पकलिहवाबाट भयकर रुपमा मदिरा तस्करी बढदै गईरहेकाे छ ।
नेपालकाे पकलिहवाबाट नारायणीमा डुङ्गामा राखेर सुस्ता भई बिहार तर्फ तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ ।
पटकपटक पकलिहवाकाे बलिनगर बनकट्टि लगायतकाे नाकाबाट रक्सि मटर लगायतकाे सामानहरुकाे व्यापक तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ ।
प्रहरीले नारायणी किनारमा बेवारिसे रुपमा रहेकाे ४८ पेटी साेफि नामक मदिरा रामनगर प्रहरीले बरामद गरेको छ । उक्त मदिरा कुल ५० हजारकाे मूल्य रहेकाे सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको बताईएकाे छ ।
त्यसैगरी पश्चिम नवलपरासीको नारायणी नदिबाट अबैधरुपमा बालुवा गिट्टी समेत उत्खनन भईरहेकाे छ























