देश

महाबिर पुनद्वारा संचालितआविष्कार केन्द्रले निर्माण गरेको अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोटमा जडान

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे

स्याङ्जा । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट स्याङ्जाको भीरकोट नगरपालिकामा जडान गरिएको छ । कोरोना संक्रमित बढेसँगै अक्सिजन आवश्यक परेपछि केन्द्रले निर्माण गरेको मिनी प्लान्ट जडान गरिएको हो ।

२० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टमा भीरकोट नगरपालिकाको १० लाख र राष्ट्रिय आविष्कार केन्द्रको १० लाख रुपैयाँ लगानी रहेको छ । प्लान्टमा सातवटा कन्सन्ट्रेटर प्रयोग गरी प्रतिमिनेट ६५ लिटर अक्सिनज उत्पादन भइरहेको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए ।

उनले थप ६ वटा कन्सन्ट्रेटर जोड्न सकिने जनाएको छ । त्यसपछि प्रतिमिनेट १२० लिटर अक्सिजन उत्पादन हुनेछ । केन्द्रले यसलाई देशव्यापी बनाउने जनाएको छ।

यो प्लान्ट १० जना युवा मिलेर निर्माण गरिएको हो। परीक्षण सफल भएपछि पहिलोपटक भीरकोट नगर अस्पतालमा जडान गरिएको जनाएको छ।

कमेन्टहरु