मधेश प्रदेश, समाज

नेपाल राम समाजको नयाँ नेतृत्वमा पुन: प्रथमलाल राम

रामएकवाल राम
२०८० फाल्गुन १४ | बिहान १०:११ बजे

लहान, फागुन १४ । शिक्षित बनौ, संगठित रहौ, संघर्ष गरौ भन्ने मूल नाराका साथ वि. स. २०५३ सालमा स्थापना गरेको नेपाल राम समाजको पहिलो राष्ट्रिय महाधिवेशन सप्पन्न भएको छ। प्राध्यापक स्व. महन्थी रामले वि. स.२०५३ सालमा नेपाल राम समाज कल्याण संघको स्थापना गरेको थियो । उक्त संस्थालाई पछि नाम संसोधन गरी नेपाल राम समाज बनाएको थियो।

शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका- ४ स्थित शम्भुनाथमा सन्त शिरोमणि रविदास महाराजको ६४७ औ जन्म जयन्तीको अवसर पारेर संस्थाको अध्यक्ष प्रथमलाल रामको सभापतित्वमा तथा नेपाल सरकारको उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न महाअधिवेशनमा, पत्रकार, बुद्धिजीवी लगायत देशभरबाट ३७ वटा जिल्लाका करिब १२००० जनाको बाक्लो उपस्थिति रहेको थियो।

खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट पुनः प्रथमलाल रामको नेतृत्वमा सर्वसम्मत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा शम्भु राम, महासचिवमा राधेश्याम राम, सचिवमा धिरेन राम, काेषाध्यक्षमा वेली कुमारी राम, सदस्यहरुमा हरि देव राम, सुजित कुमार राम, अमिरका देवी राम र धनमन्ति देवी रामसहित ९ जना रहने गरी नयाँ कार्यसमिति चयन भएको छ । उक्त कार्यक्रममा संस्थापक अध्यक्ष स्व. माहन्थी रामको श्रीमतीलाई सम्मानसमेत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले छुवाछुत गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कानुनी कार्वाही गर्नु पर्नेमा जोड दिएका दिए । उनले सवैलाई सम्मान गर्न सकेको भए नेपाल अहिलेसम्म विकास भइसक्ने बताए । लोकतन्त्रको गोरेटोमा हिड्नसमेत जातीय छुवाछुतको अन्त्य गर्नु पर्ने धारणा राखेका थिए । नेपाली समाजले एकले अर्कोलाई सम्मान गर्ने परिपाटीको बिकास हुनुपर्नेसमेत उनल बताए । दलितका लागि दलितले नै आवाज उठाउनु पर्ने जनजातिका लागि जनजातिले नै मात्र आवाज उठाउने परिपार्टीको अन्त्य गरी आपसी सहकार्यमा अघि बढ्नुपर्ने बताए ।

संस्थाका सचीव राधेश्याम रामको सहजीकरणमा भएको कार्यक्रमलाई समापन गर्दै सभापति रामले आफ्नो कार्यक्रम अवधीभर साथ सपोर्ट तथा महाअधिबेशनलाई सफल तुल्याउन निमन्त्रणालाई स्विकारेर कार्यक्रममा पाल्नु हुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै समापन गरेका थिए।

कमेन्टहरु