इनर्वामा तस्करी रोकिएन (भिडियो सहित)


वीरगंज जेठ । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको इनर्वा गाउँ हुँदै दिनहु तस्करी कार्य बढेपनी सीमामा खटिने सशस्त्र प्रहरी मात्र नजरानामै सिमित रहेको देखिन्छ । माथिल्लो निकायलाइ मासिक लाखौ रूपैया बुझाए पश्चात् दिनभरी कपडा र स्याउको कारोबार हुने गरेको पाइन्छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ती सुरक्षाको नाममा खटिएका नेपाल प्रहरीले तस्कर गिरोह सङ्ग रकम असुल गरे पश्चात् कपडा र स्याउको तस्करी तिब्र रूपले अगाडी बढेको पाइन्छ । इनर्वा हुँदै निरू, सत्रुधन यादव, सन्तोष साह, बिजय कलवार लगायतका तस्कर समूह कपडा र स्याउको तस्करी कार्य सुचारू गरेका छन । बोर्डर आउट पोस्ट बिरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बम र स्थानीय प्रहरी चौकीले मासिक लाखौ रूपैया बुझे पश्चात् तस्करी कार्य सुचारू भएको बताइन्छ ।
एक जना स्थानीयका अनुसार रातभरी सीमा नाका हुँदै नेपाल भित्रिने र इनर्वा गाउमा राखिने गरेको र दिनभरी टेम्पूको माध्यमले बजारमा आउने गरेको बताए । उनका अनुसार रातभरी कपडा र स्याउको तस्करीका कारण आफुहरूलाई सुत्न समेत अफ्यारो भइरहेको बताए । यता सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझदा आफुलाइ यस बिषयमा केही जानकारी नभएको र यसो गरिएको खन्डमा पक्राउ हुदा स्थानीय बिओपी माथी कारवाही समेत गर्नबाट पछि नहटने बताए ।






















