देश

‘ प्रहरीसँग गुनासो छैन , के पि ओलीसँग छ’

नवलपुर टुडे
२०७८ जेष्ठ २९ | बिहान १०:०२ बजे

काठमाडौं । ‘वृद्ध उमेरको मान्छेलाई प्रहरी धरपकडले गाह्रो भएन ?’ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट रिहा हुँदै गर्दा लेखक खगेन्द्र संग्रौलाले जवाफ दिए, ‘निषेधाज्ञा उल्लंघनको निहुँमा प्रहरी भाइहरूले समातेकोमा गुनासो छैन । संविधान उल्लंघन गर्ने खड्गप्रसाद ओलीको राजसँग हाम्रो गुनासो छ ।’

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीको विरोधमा बालुवाटार नजिकै प्रदर्शन गरेका ७६ वर्षीय साहित्यकार संग्रौलासहित १८ जना बृहत नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले शुक्रबार ११ बजेतिर प्रकाउ गरिएको थियो ।

 

कमेन्टहरु