नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ६ निवासी ३३ वर्षीय किशोर गौतम, एम्बुलेन्समा सवार मृगौलोको बिरामी डाइलोसिस गर्न गएका नवलपुरका मध्यविन्दु १२ निवासी ७५ वर्षीय मानबहादुर कुमाल, एम्बुलेन्समा सवार मध्यविन्दु १२ का ४० वर्षीय भोटबहादुर कुमाल र ४५ वर्षीय सोमबहादुर कुमाल घाइते भएका हुन् ।
पूर्वपश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा.प्र. ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरट्याक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग १ च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।
घाइते मध्ये ७५ बर्षीय मानबहादुर कुमालको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।